कतार एयरवेजद्वारा अत्यावश्यक खाद्य सामाग्री वितरणका लागि काठमाडौँमा कार्यक्रमको आयोजना |
दोहा, कतार । रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी काठमाडौँमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ । उक्त कार्यक्रम ११ मे २०१९ शनिबारको दिन काठमाडौँको कमलादीस्थित सीडब्लु पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।