इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाए ट्राफिकले कारबाहि गर्ने, १५ दिनभित्र दर्ता गर्नु पर्ने |
काठमाडौं । अब दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउन नपाईने भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनुपर्ने प्रावधान रहेकाले यातायात कार्यालयमा दर्ता गरेर मात्र संचालन गर्न निर्देशन जारी गरेको छ ।