रेल्वे कम्पनी ब्युँताइँदै, जनशक्ति थप्ने तयारी |
काठमाडौं । जनकपुरको कुर्तादेखि जयनगरसम्म रेल पुनː चलाउन सरकारले नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताउने सरकारको तयारी अन्तिम अवस्थामा पुगेको छ । यसका लागि लोक सेवा आयोगमा कर्मचारीको दरबन्दी थप गर्ने प्रस्ताव लगिएको छ ।