रेनो ट्राइबर नेपालमा सार्वजनिक, नेपाली बजारमा गेम चेन्जर बन्ने दाबी | मूल्य २८ लाख २० हजार रुपैयाँ, यस्ता छन् गाडीका विशेषता
काठमाडौं । यूरोपियन ब्राण्ड रेनोले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर बिहीबार नेपालमा सार्वजनिक गरेको छ । रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै नयाँ गाडी बजारमा ल्याएको हो ।