‘सुन्दर नयन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक |
काठमाडौं । गायक शिव परियारको आवाजमा ‘सुन्दर नयन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुदिप कोइरालाको शब्द तथा दिपक सिलवालको संगीत रहेको गीतलाई दर्शकले रुचाएका छन् । यो गीतको भिडियोमा प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा र सन्नी सिंहको मोडलिङ छ । यो गीत हेर्दा दर्शकको आँखा रसाउँछ ।