नेपाल पूर्वाधार पत्रकार समाज गठन, यस्तो छ ११ सदस्यीय कमिटी |
काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । जीवन बस्नेत (नयाँ पत्रिका)को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोष्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहेका छन् ।