महिला उद्यमी महासंघको शान्तिपूर्ण पदयात्राको आयोजना |
काठमाडौं । नेपालभरका उद्यमी महिलाहरूको प्रतिनिधि संस्थाको रूपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा सोमवार शान्तिपूर्ण पदयात्रा आयोजना गरेको छ । यस वर्षको अन्तरर्राष्ट्रिय महिला दिवसको नाराको मूल भाव ब्रेक द बायस रहेको छ ।