नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबीच सम्झौता |
काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआइएससी) द्वारा आयोजित ‘युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा सञ्चालित कार्यशालाको प्रायोजन गरेको छ। उक्त कार्यशाला गत चैत्र २५ र चैत २६ गते काठमाडौंमा भएको थियो।