नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर |
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट प्रायोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि बैंकले प्रायोरिटी काउन्टर थप गरेको जनाएको ।