कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन |
काठमाडौं । कामना सेवा विकास बैंकले आइतबारदेखि नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ स्थित साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीय भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।