महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको झक्तपूर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट, वेशीटोल स्थित रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।