इसेवाको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनाका विजेता बने इलामका अनुपम पोखरेल |
काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए ।