मूल्यांकनकर्ताहरुको समुदायले कन्क्लेभ गर्दै |
काठमाडौं । मूल्यांकनकर्ताहरुको समुदाय नेपालले अक्टोबर १२ देखि १४ सम्म कन्क्लेभ गर्ने भएको छ । विकास आयोजनाका मूल्यांकनकर्ताहरुको अनुभव आदानप्रदान गर्न, उनीहरुको क्षमता विकास गर्न तथा नयाँ मूल्यांकनकर्तालाई तालिम प्रदान गर्न कन्क्लेभ आयोजना गर्न लागिएको हो ।