नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस) को लागि दुइ संस्थाहरु बीच सम्झौता भएको छ ।