सानिमा बैंकद्वारा १८औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न |
काठमाडौं । सानिमा बैंकले २०७९ साल मंसिर २१ गते विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अनवरत रुपमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरेका छन् ।