सूर्या र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बन्यो सूर्यज्योति |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इनस्योरेन मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच जिवन बीमा कम्पनीहरुबीचको पहिलो सफल मर्जरको उद्घाटन बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।