सिद्धार्थ बैंकको नयाँ मुद्दती योजना सञ्चालनमा, के छन् सुविधा? |
काठमाडौं । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो।