हजार भन्दा बढी महिला व्यवसायीहरुलाई कोका–कोलाको सक्षम तालिम |
काठमाडौं । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी जना महिलाहरुलाई तालिम प्रदान गर्न सफल भएको थियो ।