निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो ।