हिमालयन बैंकले तीसाैं वार्षिकोत्सवमा निःशुल्क आँखा परिक्षण शिविर र रक्तदान कार्यक्रम सम्पन्न |
काठमाडौं । हिमालयन बैंकले तीसाैं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका–०१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।