माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत माछापुच्छ्रे बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।