सौराहाका सडकमा फुड फेस्टिबल सुरु |
चितवन । प्रणय दिवसको अवसरमा चितवनको सौराहामा सडकमा फुड फेष्टिबल सुरु भएको छ । तीनदिनसम्म चल्ने फेस्टिबलको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहा रहेको छ । प्रणय दिवसका अवसरमा आन्तरिक पर्यटकलाई सौराहा ल्याउन भन्दै फुड फेष्टिवल आयोजना हुँदै आएको छ ।