राष्ट्र बैंकले सोमबार १३ अर्बभन्दा बढिको ट्रेजरी बिल बोलकबोल गर्ने |
काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १३ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।