एभरेष्ट बैंकद्वारा टौखेलमा सोलार बस स्टयान्डको उद्घाटन |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले टौखेलमा सोलार बस स्टयान्डको उद्घाटन गरेको छ । शुक्रबार बैंकले एक कार्यक्रमका बिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सो वडा संगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको हो ।