सुनको भाउ आज ६ वर्ष यताकै महँगो | तोलाको ६० हजार पुगेपछि गहना किन्नेको भीड ह्वात्तै घट्यो
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला ६० हजार पुगेको छ । गत शुक्रबार पनि ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्यमा बीचमा दुई रुपैयाँ घटे पनि आज पुनः ६० हजार रुपैयाँ प्रतितोला पुगेको हो ।