बजार
द टीबीसी बास्केट बलको उपाधि जेभियर इन्टरनेशनल कलेजलाई
काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टीबीसी बास्केटबल प्रतियोगिता–२०२३’ को उपाधि जेभियर इन्टर नेशनल कलेजले जितेको छ । जितसँगै जेभियर इन्टर नेशनल कलेजले […]
बेथानचोकमा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण |
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकास्थित सिउरेनी भञ्ज्याङ खर्कमा झण्डै दुई करोड रुपैयाँ लागतमा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
सीजी डिजिटल इकमर्सले ल्यायो ‘बिग सीजी डे २.३.२३’ योजना सञ्चालनमा |
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल इकमर्सले यो वर्ष पनि बिग सीजी डे २.३.२३ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु आकर्षक छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
काठमाडौँमा ‘होली कार्निभेल’ फेस्टिभल हुँदै |
काठमाडौँ । रंगको पर्व होलीमा काठमाडौँस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ । फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) काठमाडौं गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम होली कार्निभल फेस्टिभल हुने भएको हो ।
सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा फागुन १९ गतेदेखि काठमाडौंमा हुने |
काठमाडौँ । सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा भोली देखि काठमाडौँमा सुरु हुने भएको छ । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ सुरु हुन लागेको महासभा आगामी आइतबार सम्म चल्ने छ ।
फेरील्याण्ड स्कुलले मनायो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस |
काठमाडौ । स्थापनाकालको छोटो समयमै आफुलाई राष्ट्रिय स्तरमा चिनाउन सफल बुढानिलकष्ठ १० कपन बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरको मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण |
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको मनहरी– ८, सिम्पानीमा अवस्थित श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।