वैदेशिक रोजगार ऐनमा संशोधन गरिँदै | म्यानपावरको नियमन र खारेजीको अधिकार स्थानीय तहलाई दिइयो
काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीको नवीकरण, नियमन र खारेजीको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने मस्यौदा सरकारले आइतबार संसदमा दर्ता गराएको छ । सरकारले संसदमा दर्ता गराएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा म्यानपावरमाथि नियमन गर्ने अधिकार स्थानीय तहलाई पनि प्रदान