कोरोनाबाट विश्वभरका ४९ नेपालीको ज्यान गयो, १९८३ संक्रमित |
बार्सिलोना । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ ।