अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न पत्र |
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।