अमेजन मालिक दम्पत्तिको डिभोर्स टुङ्गियो, पत्नीले पाइन ३६ अर्ब डलर |
विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात ट्रिलियन डलर कम्पनी अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले अन्ततː पूर्णता पाएको छ । जेफ र म्याकेन्जीले आ–आफ्नो ट्वीटरमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् ।