इक्यानको अध्यक्षमा सर्वसम्मत पाण्डे, महासचिवमा भुसाल |
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो। पाण्डेको अध्यक्षतामा सभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।