राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा |
काठमाडौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो ।