कालिका लघुवित्तको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त |
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।