युवराज लामाको नेतृत्वमा कराते महासंघ तदर्थ समिति गठन |
काठमाडौंँ । युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिवसमेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको हो।