मुक्तिनाथ र आईएमई लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं (आपास) । कुमारी बैङ्कले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना ग¥यो । बैंकले नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा वृक्षरोपण गरेको जानकारी दिएको छ ।
काठमाडौं (आपास) । हिमालयन जनरल इन्स्योरेन्सले अन्तरकर्मचारी फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कम्पनीको २५औं वर्ष प्रवेशका अवसरमा वर्षभर नै विभिन्न कार्यक्रम गर्ने योजनाअनुरूप आयोजना गरिएको उक्त प्रतियोगितामा कम्पनीका ५० भन्दा वढी कर्मचारीले भाग लिएका थिए ।
काठमाडौं (आपास) । विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैङ्कले वृक्षरोपण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३ र पीडीएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको हो ।
इटहरी । नेपाल पर्यटन बोर्डको आयोजनामा धरानमा ३ दिने ‘इष्ट टुरिजम मार्ट–२०१८’ सञ्चालन हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजनमा हन लागेको उक्त मार्ट प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोलि बिहीवारदेखि सञ्चालन हुने आयोजकले बताएका छन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले अन्तरराष्ट्रिय वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको बिरुवा’नीतिलाई सहयोग गर्ने उद्देश्यले बैङ्कले आफ्नो कार्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम गरेको हो ।
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाई सेवा भाडा विवादका कारण फेरि प्रभावित भएको छ । नियमित उडान गर्ने सम्झौता गरेको समिट एयरलाइन्सले हवाई भाडा बढाएपछि उडान प्रभावित भएको हो ।
विराटनगर । मोरङका विभिन्न खोला किनार क्षेत्रमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको थाहा भएको छ । क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिको प्रतिवेदनअनुसार २२ उद्योगमध्ये पाँचओटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ ।
वीरगञ्ज । नेपालकै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीका लागि चर्चित बनेको छ । तेस्रो मुलुकबाट आउने मरिच यही नाका हुँदै नेपाल भित्रिएर पुनः यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको खुलासा भएको छ । भारततिर लैजाँदै गरेको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरे
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेक