महालक्ष्मीको सहयोग विद्यालयलाई |
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैङ्कको पुतलीसडक शाखाले हालै रुद्रमती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैङ्कको पुतलीसडक शाखाले हालै रुद्रमती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
काठमाडौं (आपास) । मारुती सिमेण्टले निःशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने अभियान चलाउने भएको छ ।
तनहुँ (आपास) । पृथ्वी राजमार्गमा पर्ने मुग्लिङ–कोत्रे सडक खण्डअन्तर्गत ७२ किलोमिटरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले बुधवार ३५ दिने सूचना जारी गर्दै उक्त कार्य अगाडि बढाएको जानकारी दिएको हो ।
पोखरा (आपास) । फोर्डको नयाँ मोडल ‘फोर्ड फ्री स्टाइल’को पोखरामा विक्री शुरू गरिएको छ । उक्त गाडीको बुधवारदेखि अटो भेञ्चर कम्पनी पोखराले विक्री शुरु गरेको हो । कम्पनीका अध्यक्ष तथा प्रदेश सांसद बिन्दुकुमार थापाले घारीपाटनका अशीलकुमार साईलाई गाडीको चाबी हस्तान्तरण गर्दै विक्री शुभारम्भ गरेका हुन् ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले चितवनको टा“डीमा अफ्नो नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका हुन् ।
काठमाडौं (आपास) । सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । कम्पनीले दिएको उक्त क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारीसाधनमा जडान गरिने बताइएको छ ।
हिमस्टारले विश्वकप २०१८ को अवसर पारेर ग्राहकहरुलाई फाइदा पुग्ने खालको योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘हिमस्टार पूmटबल मेला’ स्किम शुरू गरेको हो ।