अर्थमन्त्रीद्वारा १३ खर्ब, १५ अर्ब ,१६ करोड १७ लाख रुपैयाँको को बजेट प्रस्तुत |
जेठ १५ गते – आर्थिक वर्ष २०७५ /०७६ का लागि अर्थमन्त्री युबराज खतिवडाले कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट
जेठ १५ गते – आर्थिक वर्ष २०७५ /०७६ का लागि अर्थमन्त्री युबराज खतिवडाले कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट
काठमाडौं (आपास) । गण्डकी विकास बैङ्कले मङ्गलवारदेखि थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैङकले दाङको घोराही र चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (अस) । सीजीले नयाँ मोडलका एयर कूलर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गर्मी याम शुरू भएसँगै उक्त उत्पादन बजारमा ल्याएको हो ।
तनहु“ (आपास) । तनहुँको सदरमुकाम दमौलीमा बजाज एवेञ्जर १८० बाइक सार्वजनिक गरिएको छ । उक्त बाइक जीएमटी अटोमोबाइल्सले सार्वजनिक गरेको हो ।
काठमाडौं (अस) । बुटवल पावर कम्पनीको मङ्गलवार सम्पन्न २५औं साधारणसभाले साधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल जारी गरेको एफपीओका लगानीकर्ताले पनि पाउने गरी नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।
काठमाडौं (आपास) । बुटवल पावर कम्पनीको २५औं साधारणसभा काठमाडौंमा आज जारी छ ।
काठमाडौं (आपास) । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हालै धनुषाका दुईजनाको दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार (म्यादी) जीवन बीमाअन्तर्गत दुई जनाको परिवारलाई जम्मा रू. २७ लाख दाबी भुक्तानी गरेको हो ।
काठमाडौं (आपास) । मिथिला लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सत्यदेव राउत नियुक्त भएका छन् । कम्पनीको गत शुक्रवार सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।
काठमाडौं (आपास) । पेण्ट डिलर्स एशोसिएशनमा नयाँ नेत्व चयन भएको छ । एशोसिएशनमा रामचन्द्र खत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो वेबसाइट चिनियाँ भाषामा पनि सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटको उद्घाटन सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् ।