दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्दै आएको हवाई भाडा सस्तियो | ११८ डलर कम तिर्नु पर्ने
काठमाडौं । ईपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्दै आएको हवाई भाडादर सस्तो हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा भाडा दर क गर्न लागिएको हो । सरकारले पहिलो पटक कोरिया जाने कामदारको हवाई भाडाका लागि बोलपत्र आव्हान गरेको छ ।