आर्थिक पाटी संवाददाता - Arthikpati https://www.arthikpati.com Mon, 25 Nov 2024 03:04:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.5.5 https://www.arthikpati.com/wp-content/uploads/2023/01/cropped-logo-32x32.png आर्थिक पाटी संवाददाता - Arthikpati https://www.arthikpati.com 32 32 एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान https://www.arthikpati.com/content/2024/11/25/99272 https://www.arthikpati.com/content/2024/11/25/99272#respond Mon, 25 Nov 2024 03:04:20 +0000 https://www.arthikpati.com/?p=99272

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रा.लि.लाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको […]

The post एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान first appeared on Arthikpati.

]]>

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रा.लि.लाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।

कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए।

नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार वि.सं. २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ। एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिंग कम्पनीका रूपमा मुख्यतया साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारी साधन र भारी उपकरणहरूको फाइनान्सिंग सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्य््हरू प्राप्त गर्न मद्दत गर्दै आएको छ।

The post एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99272/feed 0
भक्तपुर नगरपालिकाले भत्काएको संरचना स्ववीयू भक्तपुर क्याम्पसले किन खनाए रजिस्टारको कार्यालयमा  https://www.arthikpati.com/content/2024/11/25/99268 https://www.arthikpati.com/content/2024/11/25/99268#respond Mon, 25 Nov 2024 03:00:19 +0000 https://www.arthikpati.com/?p=99268

भक्तपुर । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले […]

The post भक्तपुर नगरपालिकाले भत्काएको संरचना स्ववीयू भक्तपुर क्याम्पसले किन खनाए रजिस्टारको कार्यालयमा  first appeared on Arthikpati.

]]>

भक्तपुर । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले रजिस्टारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ । 

भक्तपुर नगरपालिकाले बल पूर्वक असोज ७ गते भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएर बाटो बनाउन लागेपछि विद्यार्थी आन्दोलित भएका छन् । 

आन्दोलनको क्रममा विद्यार्थीले क्याम्पसमा प्रमुखलाई प्रवेश निषेध देखि विभिन्न धर्ना एवं अन्य आन्दोलन गर्दै आएका छन् । 

भक्तपुर क्याम्पसको साइडमा पर्ने भाज्या पोखरीको डिल पोखरीको नै हुनुपर्ने भन्दै भक्तपुर नगरपालिकाले पोखरीको डिल साइडको पर्खाल र गेट भत्काइदिएको थियो । 

हामीले अध्ययन गर्ने संस्थाको पर्खाल भत्काइएको छ यो समयमा पनि विश्व विद्यालय आफ्नो भएको जमिन जोगाउन भन्दा पनि विभिन्न सम्झौता गर्ने रजिस्टार क्याम्पस प्रमुख लगायत केही गएर नगरपालिकामा जग्गा दिने सम्झौता गर्ने कदम निन्दनीय भएका कारण आफूहरू आन्दोलनमा नै रहेको क्याम्पसका स्ववीयू सभापति पुकार पराजुलीले बताउनुभयो । उहाँका अनुसार क्याम्पस बिदाको समयमा नगरपालिकाले डोजर लगाएर पर्खाल गेट खानेपानीको ट्याङ्की भएको भवन लगायत पुरानो शौचालय भलिबल कोर्ट लगायतका संरचना भत्काएको छ । नगरपालिकाले क्याम्पसमा बन्ने संरचना कुनैलाई स्वकृति नदिने विभिन्न काममा अडचनमात्र दिने तथा क्याम्पसको जग्गा मात्र पारेर चार तिरको बाटो बनाउन खोज्ने पोखरीको डिल भन्दा बाहेक अन्य स्थानका पर्खाल बनाउन समेत नदिने जस्ता विभिन्न कार्य गर्दै आउँदा क्याम्पसमा लामो समय देखि झमेला हुँदै आएको छ । जसको विरुद्धमा हामीले आज नगरपालिकाले भत्काएको संरचना रजिस्टारको कार्यालयको गेटमा खन्याएका हौँ । 

हामीले रजिस्टारलाई क्याम्पसको जग्गा जोगाउन पहल गर्दै आएका थियौँ जे भयो गलत भयो त्रिभुवन विश्व विद्यालयको जग्गा जोगाउने काम विद्यार्थीको पनि हो यसैले हामीले नगरपालिका, क्याम्पस प्रमुख लगायतका जो क्याम्पसको जग्गा हडप्ने दाउमा छन् उनीहरूको विरुद्धमा आन्दोलन गर्दै आएका हौँ । पराजुलीले  बताउनुभयो । 

पराजुलीको नेतृत्वमा ३ दर्जन बढी विद्यार्थी रजिष्टार कार्यालयको गेटमा भत्काएको संरचना खन्याउन पुगेका थिए । 

The post भक्तपुर नगरपालिकाले भत्काएको संरचना स्ववीयू भक्तपुर क्याम्पसले किन खनाए रजिस्टारको कार्यालयमा  first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99268/feed 0
टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न https://www.arthikpati.com/content/2024/11/25/99264 https://www.arthikpati.com/content/2024/11/25/99264#respond Mon, 25 Nov 2024 02:57:47 +0000 https://www.arthikpati.com/?p=99264

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लाग्रि आधिकारक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रा.लि.ले सो मिट सम्पन्न […]

The post टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न first appeared on Arthikpati.

]]>

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लाग्रि आधिकारक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रा.लि.ले सो मिट सम्पन्न गरेको हो ।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभाग्रिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययाेजना प्रकाश पारेका थिए ।

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाका बारेमा जानकारी दिएका थिए । सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डन्ष्ट्रियल ब्याट्री समेत लन्च गरिएको ग्रियो । नेपाली बजारमा अब ८५० भीए, १,००० भीए र १,४५० भीएका टाटा ग्रिन स्विच अन होम यपूीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डन्ष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन्।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगकाे संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना गरिएको थियो । हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।

कम्पनीले वार्षिक रुपमा १४ लाख फोर व्हिलर २४ लाख टु व्हिलर सवारी साधनका लाग्रि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ ।

The post टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99264/feed 0
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन https://www.arthikpati.com/content/2024/11/25/99260 https://www.arthikpati.com/content/2024/11/25/99260#respond Mon, 25 Nov 2024 02:54:28 +0000 https://www.arthikpati.com/?p=99260

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधान अनुरुप पाण्डेलाई वरिष्ठ […]

The post नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन first appeared on Arthikpati.

]]>

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधान अनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् ।

२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष रहेका छन्।

काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन्।

पाण्डेको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि नीतिगत रुपमा उनले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।

The post नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99260/feed 0
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति https://www.arthikpati.com/content/2024/11/25/99194 https://www.arthikpati.com/content/2024/11/25/99194#respond Mon, 25 Nov 2024 00:11:00 +0000 https://www.arthikpati.com/?p=99194

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा ६६ को उपधारा […]

The post उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति first appeared on Arthikpati.

]]>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए ।

उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ ।

आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

 

The post उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99194/feed 0
ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न सेबोनको अनुमति https://www.arthikpati.com/content/2024/11/25/99170 https://www.arthikpati.com/content/2024/11/25/99170#respond Sun, 24 Nov 2024 23:40:00 +0000 https://www.arthikpati.com/?p=99170

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख […]

The post ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न सेबोनको अनुमति first appeared on Arthikpati.

]]>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

ङादी ग्रुप पावरको शेयर निष्कासनकर्ता सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको शेयर आइतबार अघिल्लो कारोबार दिनभन्दा ९.५८ प्रतिशतले बढेर ५ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

The post ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न सेबोनको अनुमति first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99170/feed 0
बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निः शुल्क https://www.arthikpati.com/content/2024/11/25/99166 https://www.arthikpati.com/content/2024/11/25/99166#respond Sun, 24 Nov 2024 23:37:00 +0000 https://www.arthikpati.com/?p=99166

काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासव्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका […]

The post बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निः शुल्क first appeared on Arthikpati.

]]>

काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासव्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासव्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ ।

मंसिर ९ गते सुरु भएको अफर अन्तरगत दैनिक १० जना यात्रुहरुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरुमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् ।

“मंसिर १५ गतेसम्म चल्ने अफरमा हामीले दैनिक १० जनालाई निशुल्क बसको टिकट उपलब्ध गराएका हौं । बससेवाको माबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइनेछ,” प्रमुख कार्यकारी अधिकृत खनालले भने ।

सहज किसिमले बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालको भनाई छ । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट शतप्रतिशत क्यासव्याकको सेवा लिन तथा छुटमा बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ ।

बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासव्याक अफर लागु हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाडौँका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ ।

संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सी लगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ ।

बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।

The post बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निः शुल्क first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99166/feed 0
विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा https://www.arthikpati.com/content/2024/11/25/99236 https://www.arthikpati.com/content/2024/11/25/99236#respond Sun, 24 Nov 2024 23:35:00 +0000 https://www.arthikpati.com/?p=99236

काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गते सो ब्रान्डका […]

The post विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा first appeared on Arthikpati.

]]>

काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गते सो ब्रान्डका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध भएको घोषणा गरिने छ ।

नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने योजना बनाएको छ ।

आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ अर्थात मंसिर ११ देखि १७ गते सम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन् । दराज र मोबाइलमान्डुको प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ ।

ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइने छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ ।

त्यसैगरी पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यी वाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।
सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ ।

मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराउने छ ।

७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन् । त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टा सम्म रहेको छ ।

मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ ।
हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदान गर्नका लागि ब्ल्याक शार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ । सन् २०१७ मा विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी शाओमीको सहायक कम्पनीको रुपमा स्थापना भएको भए तापनि हाल यो कम्पनी स्वतन्त्र रुपमा क्रियाशील छ । ब्ल्याक शार्कका उत्पादन विश्वमै लोकप्रिय मानिन्छ ।

The post विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99236/feed 0
नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान https://www.arthikpati.com/content/2024/11/25/99162 https://www.arthikpati.com/content/2024/11/25/99162#respond Sun, 24 Nov 2024 23:32:00 +0000 https://www.arthikpati.com/?p=99162

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले काठमाण्डैस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न […]

The post नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान first appeared on Arthikpati.

]]>

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले काठमाण्डैस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मनित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए ।

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरुले सबैभन्दा बढि रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २,००० जनाभन्दा बढी अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सिइओ क्लबमा प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

The post नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99162/feed 0
तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक https://www.arthikpati.com/content/2024/11/25/99232 https://www.arthikpati.com/content/2024/11/25/99232#respond Sun, 24 Nov 2024 23:31:00 +0000 https://www.arthikpati.com/?p=99232

काठमाडौँ । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीत ‘एचएमएम मिडिया’(H.M.M MEDIA)को अफिसियल युट्युब च्यानलबाट […]

The post तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक first appeared on Arthikpati.

]]>

काठमाडौँ । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीत ‘एचएमएम मिडिया’(H.M.M MEDIA)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिछोड र बियोगलाई देखाइएको छ । चलचित्रको कथामा आधारित शिर्ष गीतमा उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामाको उत्कृष्ट अभिनय देखन सकिन्छ । चलचित्र ‘दार्बुङ’ को अपार सफलतापछी पुन: ‘ए ङाला ह्राङ्बा माया’ तामाङ चलचित्रलाई पनी बढी भन्दा बढी माया पाउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

नायक एंव निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका छन ।

‘चलचित्रलाई सम्पूर्ण दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्नेमा ढुक्क छौ । चलचित्रको पहिलो शो हेटौँडामा गरिने भएको र मिती तय भैसकेको छैन ।’ नायक एंव निर्देशक लामाले भने । यस चलचित्रमा नायिका सुनिता लुङ्बालाई पनि संगै देख्न सकिनेछ । चलचित्र ‘दार्बुङ’ मा पनि उनी मुख्य भूमिकामा थिइन ।

चलचित्रमा लोसाङ लामा र इकेश लामाको निर्माण, हुत्त सन्जय लामाको पट कथा, निर्देशन रहेको छ भने विश्व जंग माझीको सहनिर्देशन रहेको छ । चलचित्रको गीतलाई उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामा र सागर दोङ तामाङले लेखेका हुन । चलचित्रको गीतलाई अर्पन थिङ तामाङले संगीत भरेका छन भनै उनै गायक अर्पण थिङ,बबिता पाख्रीन,लमु शेर्पाको स्वर रहेको छ । चलचित्रमा नरेश खरेल र बिक्रम गौतमले श्रींगार, राजु दोङ तामाङको द्धन्द निर्देशन, H.M.M MEDIA ले पोष्ट प्रोडक्सन,मेक बाहादुर थापाले सम्पादन / मिक्सिङ, प्रज्वल राउतले छायांकन गरेका हुन ।

चलचित्रमा हुत्त सन्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राज कुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देबि मोक्तान,मिलन स्याङ्तान, हिरोज लोप्चन, राज कुमार बल, राम तामाङ, हिरा बाहादुर तामाङ, दिपेश मोक्तान, जगत बाहादुर मोक्तान, अनिल ब्लोन, गोकुल तामाङ, बिक्रम लामा, रितु लामा, लोक लामा, सिङ्ग बाहादुर मोक्तान, भिम बाहादुर मोक्तान, राज कुमार ब्लोन, सिङ्ग वीर बल, फुर्ब बल, मनिका सिङ्तान, बाल कलाकारहरु कर्म लामा, छेवङ मोक्तान, अरुना डिम्डुङ र पर्खाइ मोक्तान तामाङको अभिनय रहेको छ । चलचित्र पोस्टर डिजाइन त्रिलोक तामाङले गरेका हुन भने अर्जुन तिमल्सिना, गोपाल तिमल्सिना, सन्तोश पराजुली, अनिल थापा मगर, आले मगर, सागर दोङ तामाङले लाइटमेनको रुपमा काम गरेका थिए ।

 

The post तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक first appeared on Arthikpati.

]]>
https://www.arthikpati.com/content/2024/11/25/99232/feed 0