नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवस सम्पन्न

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । नेपालको सम्पूर्ण भौगोलिक क्षेत्रमा छरिएर रहेका रियल इस्टेट व्यवसायीहरुको साझा छाता संगठनको रुपमा स्थापित महासंघले स्थापनाको तेस्रो दिवस मनाएको हो ।
२०७९साल बैशाख ९ गते स्थापित यस महासंघको तेस्रो स्थापना दिवसको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हु । मन्त्री अधिकारीको प्रमुख आतिथ्यमा छाँया सेन्टर ठमेलको एलफ्ट होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले महासंघको प्रगतिप्रति शुभकामना व्यक्त गर्दै रियल इस्टेट क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। मन्त्री अधिकारीले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै जग्गा तथा आवास क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउनेतर्फ सरकारले पहल गर्ने बताएका थिए।
अध्यक्ष घिमिरेले स्थापना कालदेखि नै महासंघले नेपालको रियल इस्टेट क्षेत्रलाई व्यवस्थित, सुरक्षित र समावेशी बनाउने प्रयासमा प्रतिबद्ध भएर काम गरिरहेको उल्लेख गर्दै सबै व्यवसायीहरूको साझा मञ्चका रूपमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।
कार्यक्रममा जग्गा तथा आवास क्षेत्रसँग सम्बन्धित चुनौती, नीति सुधार, सरकारी सहकार्य तथा व्यवसायीहरूको हित संरक्षणजस्ता विषयमा छलफल पनि गरिएको थियो।