बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

रिसव गौतम
अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बैंकिङ्गका नयाँ–नयाँ अवधारणा लागु छन् । बैंकिङ्गले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता बृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरुले महत्वपुर्ण भुमिका खेल्छन् नै ।
त्यसले गर्दा अन्यन्त्र बंैकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ । खासगरी अमेरिका, चाइना जस्ता व्यपारको जगमा सम्पन्न भएका देशहरुमा बैंकहरुको ब्याजदर अत्यन्त न्युन छन् । तर नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्क्ती पाएका थिएनन् । त्यसैले पनि बैंकहरुलाई आधुनिक शुदखोरझै व्यवसायीहरुले ठाने । जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरुको पछिल्लो समय धेरै नै आलोचना भएको हो ।
विगतमा जे–जस्ता महामारी आएपनि बैंकहरुको नाफा बृद्धि भएकै हो । तर उद्योगी व्यवसायीहरु भने मारमा परिरहे । हालै केही बर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्यो ।
अहिले पनि अर्थतन्त्र शुस्त हिसावको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरु कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तरपनि बैंकहरुको मुनाफा भने बढेकै देखिन्छ । जस्तो चालु आर्थिक बर्ष ०८१–८२को ८ महिनामा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसबीच क्रमश ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अरु बाणिज्य बैंकहरु पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् । यसरी बैंकहरुको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतद्मा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक बृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन । बरु कमजोर हुँदै गएको छ ।
यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी बृद्धिमा नकारात्मक प्रभाव पारेको छ । हिजोआज मानिसहरु कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन् । वातम्बमा यसले दिर्घकालिन रुपमा बैंकहरुलाई बेफाइदा गर्ने हो ।
बैंकहरुले ब्यवसायको दायरा पो बढाउनु पर्ने हो । तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ । उनीहरुको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलोग्दो रुपमा बढेको छ । अहिले बाणिज्य बैंकहरुको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ । वास्तम्बमा बैंकहरु अल्पकालिन नाफामा केन्द्रित रहँदा आर्थिक बृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता बृद्धिमा बैंकहरुको ध्यान जान सकेको छैन ।
उद्यमशीलता
नीजि क्षेत्रका कलेज तथा बंैक–वित्तिय संस्थाले उद्यमशीलता अभिबृद्धि गर्न शसक्त भुमिका खेल्न सक्छन् । तर त्यसको प्रभावकारी पहल उनीहरुले गरेका देखिदैनन् ।
राज्यले उमशीलतालाई प्रोत्साहन गरेको पनि छैन । राजनीतिक दलहरु उद्यमी व्यवसायीहरुलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन् ।
समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरुमा कहिँकतै देखिदैन ।
उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इच्छा हुदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कचाचित हुदैन । एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुदैन । उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बैकहरुसँग ऋण लिएर उनीहरुको आम्दानी बृद्धिमा सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ–नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, सम्बृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरु जो मौरीजस्तो खटिरहेका हुन्छन् दिमाग खियाइरहेका हुन्छौ । तिनैलाई लखेट्छौ भने देश कसरी उभो लाग्छ ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरुहरुलाई राज्यले, समाजले, वित्तिय संस्थाहरुले सबैले सम्मान गर्नुपर्छ, उनीहरुलाई सहयोग गर्नुपर्छ ।
उद्यमशीलता बृद्धिमा बंैकको भुमिका
धेरैजसो उद्यमीहरुलाई आफनै स्रोतमार्फत पुँजी पुर्याउन गाह्रो हुन्छ । किनकी उनीहरुलाई वित्तिय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ । त्यसकारण पुँजी विना अर्थात ऋण विना उद्यमीहरुलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरुको प्राथमिक सा्रेत नै बैंकहरुबाट प्राप्त गर्ने ऋण नै हो । जस्तो ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरुले विभिन्न तवरले उद्यमीहरुलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरु पैसा र सम्पति सुरक्षित राख्छन् । उनीहरुले उद्यमीका बहुमुल्य सम्पति र पैसा सुरक्षीत राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायीक कारोबार सहज बनाउन बैंकहरुले भुक्तानी प्रणालीलाई सहज बनाइ दिएका हुन्छन् । फलस्वरुप उद्यमीहरुलाई करोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरु नै उद्यमीहरुका उत्कृष्ठ सल्लाहकार पनि हुनेगर्छन् । बैंकहरुले उद्यमीहरुलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन् ।
जस्तो कि अहिले नेपालमा धेरै बंैक तथा वित्तिय संस्थाहरु छन् । उनीहरुले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन् । उद्यमी व्यवसायी र उनीहरुको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकहरुको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी ब्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरु नै चाहिन्छन् । त्यसकारण मुलत बैंकहरुले अब आफनै ब्यवसाय बढाउने दिर्घकालिन सोच राखरे पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरु अघि ल्याउन सक्नुपर्छ ।
केहीहदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकहरुले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका देखिन्छन् । नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नारा अन्र्तगत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ । भलै नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो । सबै बंैकहरुले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायिक युनिटहरुको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन् । भाँडो भरिदिने विइङसको सिर्जना गर्दै लैजानुपर्छ । बंैक वित्तिय संस्थाहरुको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।
बैक–वित्तिय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुदैन । आधुनिक समयमा नविनतम हिसावले पनि सोच्न जरुरी छ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्