नयाँ वर्षको स्वागतसँगै सामसङको टेरा–फिक सुरुवातः ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

काठमाडाैं । सामसङले अद्भुत १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्राको लन्चको साथ नयाँ वर्षको सुरुवात गरेको छ । यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ० प्रतिशत ब्याजको मासिक १ १हजार ७ सय ५० इएमआईमा प्राप्त गर्न सकिनेछ ।
सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।
अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स
ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।
अझ सशक्त एआई क्षमता
अरू भेरिएन्तहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिन्छ । यसको ठुलो स्टोरेज क्षमताले तपाईँलाई यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छ ।
नाउ बर र नाउ ब्रिफः महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउने
सर्कल तु सर्चः स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्ने
कल ट्रान्सक्रिप्ट र समरीः फोनमा गरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउने
राइतिंग असिस्टः नोटहरूको सारांश बनाउनुहोस् वा टेम्पलेटको साथ सजिलै मिलाउने
ड्रइङ असिस्टः आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउने
सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्लेः उच्च प्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउने ।
ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी मोबाइल एआईको यात्रामा एक महत्त्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमताहरू, स्मार्ट सहयात्रीको अनुभव, र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्दछ ।
यसकाे मूल्य र उपलब्धता
ग्यालेक्सी एस ३५ अल्ट्रा १२ जिबी / १ टिबी टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे २ लाख ३४ हजार ९ सय ९९
यो नयाँ भेरिएन्त वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ। सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ० प्रतिशत ब्याजमा ग्यल्केसी एस २५ अल्ट्रा १ टिबी मासिक रु ११हजार ७ सय ५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ। यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस २५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेकाे छ।