तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले खोले मुख

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देशमार्फत तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र नहुनेसमेत बताएका छन् । उनले तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको घटनाले दु:खी बनाएको बताएका छन् । उनले भनेका छन्, ‘नागिरक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद वा तन्त्र हुँदैन ।’
वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुनेसमेत शाहले बताएका छन् । १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।