आयल निगमको नाफा ९ अर्ब ५५ करोड, ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ४३औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। निगमले आर्थिक वर्ष २०८०र८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको निगमले जनाएको छ ।
३ खर्ब ६४ अर्ब ५२ करोड वरावरको पेट्रोलियम पदार्थ बिक्री गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त आ ब २०८०र८१ मा निगमले ९ अर्ब ५५ करोड नाफा गरेको छ ।