म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कुनको मूल्य कति ?

काठमाडौँ । विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्ड म्याकडोडोले नेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट प्रोडक्टहरू सार्वजनिक गरेको छ । म्याकडोडोले नेपाली बजारमा सिएच–४११० स्मार्ट चार्जर, सिएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपि–४४९० इयरबड, एचपि–१४४० हेडफोन तथा बिएस–१४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।
म्याकडोडोको सिएच–४११० मोडलको स्मार्ट चार्जरमा लचिलो केबल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ । यसमा न्बल् टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुन्छ । साथै, यसले तापक्रम नियन्त्रण गर्नुका साथै बढि भोल्टेज वा बढि करेन्ट प्रवाहबाट पनि जोगाउछ भने एन्टी इन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ । यो आकर्षक चार्जरको मूल्य ६ हजार १ सय रुपैयाँ रहेको छ ।
म्याकडोडोको सिएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको 1C फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले तपाईंको आईफोन ८ देखि १४ सिरिजसम्मका आईफोनहरूलाई ४ गुणासम्म छिटो चार्ज गर्दछ । सेतो र कालो गरी दुई कलर अप्सनमा उपलब्ध यो चार्जर मात्र २ हजार १ सयमा उपलब्ध छ ।
त्यस्तै म्याकडोडोले एचपि–४४९० मोडलको स्लीप मोड इयरबड सार्वजनिक गरेको छ । उल्ट्रा–थिन डिजाइनमा उपलब्ध उक्त इयरबड विशेष गरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको छ । यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ र चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ । यसमा १२ महिनाको वारेन्टी रहेको छ भने यसको मूल्य ३ हजार ४ सय रुपैयाँ रहेको छ ।
म्याकडोडोको एचपि–१४४० हेडफोनमा एक्टिभ न्वाइज क्यानसीलेशन टेक्नोलोजी रहेको छ जसबाट उत्कृष्ट म्यूजिक वा गेमिङको आनन्द लिन सकिन्छ ।
यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ रहेको छ भने एक्टिभ न्वाइज क्यानसीलेशन मोडको टाइम ३० देखि ३५ घण्टा छ । साथै यसमा वायरलेस कनेन्टिभिटीका लागी ब्लूटुथ ५ं.३ छ भने स्टेबल कनेक्शन रूचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ । उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोल्युम कन्ट्रोल तथाIPX-3 वाटरप्रूफ स्ट्यान्डर रहेको छ । यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी रहेको छ भने ६ हजार ५ रुपैयाँ मूल्यमा उपलब्ध छ ।
त्यस्तै, म्याकडोडोले बिएस–१४१० मोडलका पोर्टेबल वायरलेस स्पीकर पनि सार्वजनिक गरेको छ । IPX4 वाटरप्रूफ, ह्याङ्गिङ स्ट्याप, डायाफाम, डुअल 5W स्पीकर, ५ं.१ ब्लूटुथ, १२०० एमएएच लगायतका विशेषताहरू उक्त वायरलेस स्पीकरमा रहेको छ । यसमा पनि १२ महिनाको वारेन्टी रहेको छ भने मात्र ५ हजार ४ सय रुपैयाँमा नेपाली बजारमा उपलब्ध रहेको छ ।
म्याकडोडोले नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि १० गतेसम्म यी पाँचवटै नयाँ प्रोडक्टहरूमा १० प्रतिशत छुट प्रदान गरिरहेको छ । ग्राहकले देशभर रहेका विभिन्न खुद्रा बिक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट एमसीडोडोका एक्सेसरिज सजिलै खरिद गर्न सक्नेछन् । नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रा.लि.रहेको छ ।
आईफोनप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सहजीकरण गर्न एडुटेकले म्याकडोडोका विभिन्न एक्सेसरिज नेपालमा भित्र्याउदै आइरहेको छ । म्याकडोडोका उत्पादन उच्च गुणस्तरीय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज मानिन्छन् । यसका उत्पादन युरोप, अमेरिका, दक्षिण एसिया लगायत विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन् ।