भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

काठमाडौँ । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानसहित भारतीय राजदूत नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले यही चैत्र २८ गते बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्।
मन्त्री चौहानसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरे ।
भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे। मन्त्री चौहान सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।
भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा–अर्चना गरे। उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन गरे ।
“मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको मन्त्री चौहानको भनाइ छ। यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि मन्त्री चौहानले उल्लेख गरे ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानको भ्रमणले नेपालको समग्र पर्यटन सहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।