भृकुटीमण्डपमा यामाहा ब्लु फेस्ट सुरु, सहज रूपमा एक्सचेन्ज सुबिधा

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौँको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।
सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सिइओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे ।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।
अफरहरू
– कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस,
– कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५० हजार रुपैयाँको मिनिमम भ्यालुएसन,
– अन्य कुनै पनि ब्रान्डमा रु. २५ हजार रुपैयाँ न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),
– एक्सचेन्जमा अतिरिक्त रु. १० हजार रुपैयाँ मूल्याङ्कन बोनस,
– कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ्,
– यामाहा थ्रिल अफ थी योजनाको साथ १ लाख रुपैयाँसम्म नगद छुट : थ्रिल अफ थी विज्ञापन सेयर गरी १ हजार रुपैयाँसम्म जित्न सकिनेछ ।
– विज्ञापनको स्क्रिनसट देखाई ५० हजार रुपैयाँसम्म नगद छुट जित्न सकिने ।
– यामाहा खरिद गरी १ लाख रुपैयाँसम्म नगद छुट जित्न सकिनेछ ।
बाइक बाहेकका आकर्षणहरू
– हुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका।
– कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू घर लैजान पाइने ।
– गेमिङ जोन–एक्शन–प्याक फन र प्रतियोगिताहरूमा सहभागी हुन सकिनेछ ।
– फेस पेन्टिंग
– महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरुको आनन्द लिन सकिने
– फ्री एक्सेसरिज
अन्य आकर्षण
प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरु प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125F) Hybrid (ARAI प्रमाणित ७९.३३ किमि लिटर) प्रमुख आकर्षण हो।
त्यससँगै V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन, जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ(रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पूरा गर्ने कम्पनीको दावी छ ।
‘यामाहा ब्लु फेस्ट’ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ।
यदि तपाई आफ्नो सवारी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ वा रमाइलो महोत्सवको हिस्सा बन्न चाहनुहुन्छ भने, यो हप्ता भृकुटीमण्डप उपयुक्त गन्तव्य बन्ने कम्पनीको दावी छ ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाठ्ये ब्रान्डहरूमध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, अकृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ। यामाहाले देशभरी उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ।