पियोर इनर्जीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं। पियोर इनर्जी लिमिटेडले आज चैत २८ गते बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।
सर्वसाधारणको यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।