नयाँ बजेट निर्माणका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा निर्माणका लागि सुझाव मागेको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गर्न उपयुक्त विषयहरुका बारेमा सुझाव दिन विभिन्न संघसंस्था, विज्ञ, व्यवसायी, पेशाकर्मी, कर्मचारी तथा आमसर्वसाधराणलाई आग्रह गरेको छ ।
मन्त्रालयको वेबसाइट र इमेल ठेगानामार्फत सुझाव पठाउन मिल्नेछ । आगामी वैशाख मसान्तभित्रमा सुझाव पेश गरिसक्न पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।