ट्रेड टावरले पायो आईपीओ निष्काशन अनुमति

ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले २०७९ असार १४ गते बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको थियो । अन्य समूह अन्तर्गत आवेदन दिएको ३२ महिना पछि कम्पनीले आईपीओ निष्काशनको स्वीकृति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । चालु आवमा सेबोनले आइपीओ निष्काशन गर्न दिएको सातौं तथा नयाँ अध्यक्ष आएपछिको छैटौं आईपीओ अनुमति हो । चालु आवमा सेबोनले निष्काशन अनुमति दिएका आईपीओमध्ये चैत्र २८ गतेदेखि प्योर इनर्जीले आईपीओ निष्काशन गर्दैछ भने हालै सान्भी इनर्जीले सेबोनबाट निष्काशनको अनुमति पाएपनि आईपीओ निष्काशन गरेको छैन।